काठठमाडौंं। नेकपा एमालेका सांसदहरुले संसद बैठक अवरुद्ध गरेपछि फेरी १५ मिनेटका लागी स्थगित गरिएको छ। यसअघी १५ मिनेट स्थगित भएर सुरु भएको बैठकमा फेरी पनि प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बैठकमा राखेको भन्दै प्रतिनिधि सभाको बैठक अघि नबढाउन भन्दै नाराबाजी गरे।
साथै उनिहरुहरुले सभामुख विरुद्ध पनि नाराबाजी गरेका छन्। उनिहरुले एमाले फुटाउन सभामुख सापकोटाले भुमिका खेलेको भन्दै आलोचना गरेका छन्। सभामुखले बैठक सुचारु गर्न सहयोग ग र्न आग्रह गरेपनि वेवास्ता गर्दै उनिहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो।