शनिवार, कार्तिक ८ गते २०८३
प्राकृतिक प्रकोप

तिनाउमा पहिरो: १ जनाको मृत्यु , १ वेपत्ता, सात घाईते

४ वटा घरमा पुर्ण क्षति

बिहिवार , आषाढ २४, २०७८

काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको भने १ जना वेपत्ता र ७ जना घाईते भएका छन् । अविरल बर्षापछि आएको पहिरोले गाउँपालिकाका ४ वटा घरमा पुर्ण क्षति पुराएको छ।

पहिरोमा परि ज्यान गुमाउनेमा गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोमा पुरिएर सोही ठाउँका ४ वर्षीय आरभ परियार बेपत्ता भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।  घाइतेलाई उपचारको लागि बुटवलतर्फ लैजादै गरेको उनले जानकारी दिए।

अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेका प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार