बुधवार, आश्विन १४ गते २०८३

अमिसाले दिइन साइबर ब्यूरोमा उजुरी

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएका अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । 

साइबर ब्यूरोका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् । उजुरीमा उनले डिजिटल हिंसामा परेको दाबी गरेकी छन् । प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौच र धम्की दिइएको थियो । 

 उनलाई बलत्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । उनले अश्लिल र धम्कीपूर्ण कमेन्ट र मेसेज संकलन गरेर राखेकी थिइन् । सोही आधारमा सम्बन्धितलाई कारबाही हुनुपर्ने भन्दै उनले उजुरी दिएकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार