बुधवार, आश्विन १४ गते २०८३

चैत २२ देखि फेरि मतदाता नामावली संकलन, अनलाइनबाट आवेदन

बुधवार , चैत्र १८, २०८२

निर्वाचन आयोगले मतदाता नमावली संकलन तथा अद्यवधिक कार्यक्रम चैत २२ गतेदेखि फेरि सुरु गर्ने भएको छ । 

यसअघि प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनाको लागि गत मङ्सिर ६ गतेदेखि स्थगन गरिएको थियो । आयोगको बुधबार बसेको बैठक अनुसार राष्ट्रिय परिचय पत्र प्राप्त गरेका नागरिकले आफ्नो परिचय पत्रको विवरण मार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

नाम दर्ता अनलाईन मार्फत नै गर्न सकिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । राष्ट्रिय परिचय पत्रमा आवद्ध नभएका नागरिकले भने आयोगको प्रि इनरोल्मेन्ट प्रणाली मार्फत अनलाइन फर्म भरी फोटो तथा औंठा छापको जैविक विरण दिन जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने छ । 


साथै, मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने प्रयोजनको लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार