बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् ।

प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् । 

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन् । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उहाँको पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोडन यो नियुक्ति गरिएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ । 
 
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा पत्रकारिताको अनुभव छ । उनी छिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा कार्यरत थिइन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार