आइतवार, श्रावण २४ गते २०८३

चीनले गर्ने भयो तालिबान सरकारलाई यति ठुलो रकम सहयोग!

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। चीनले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप ठुलो रकम दिने घोषणा गरेको छ। पाकिस्तानको पहलमा आयोजित अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीको भर्चुअल बैठकमा चिनियाँ विदेश मन्त्री वाङ यीले रकम सहयोग घोषणा गरेका हुन्।

तत्कालको आवश्यकतालाई ध्यान दिदै खाद्यान्न, जाडोका सामग्री र खोपका लागि ३ करोड १० लाख सहयोग उपब्ध गारउने वाङले बताएका हुन्। उनले चीनले अफगानिस्तानलाई पहिलो खेपमा ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने निर्णय गरेको बताए।

तत्कालको मानवीय आवश्यकता पूर्ति र अराजकता अन्त्यका लागि चीनले तालिवान सरकारलाई सहयोग दिन लागेको चिनियाँ विदेशमन्त्री वाङको भनाइ छ। भर्चुअल बैठकमा रुस र भारत बाहेक अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीहरु सहभागी थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार