बुधवार, आश्विन १४ गते २०८३

सैनिकहरूबीच पुनर्मिलन गराउन आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

शनिवार , चैत्र २१, २०८२


काठमाडौं । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ ।

हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।


यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार