आइतवार, श्रावण २४ गते २०८३

प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ अभियान, एक रातमा २ सय बढी पक्राउ

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नेपाल प्रहरीले शुक्रबार राती काठमाडौंमा ‘अपरेसन सेफ्टी काठमाडौं’ अभियान सञ्चालन गरेको छ । 

अभियान अन्तर्गत प्रहरीले एकै रातमा काठमाडौंका विभिन्न स्थानबाट दुई सय भन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिहरुलाई गुण्डागर्दीमा संलग्न भएको आशंकामा पक्रउा गरिएको हो ।

पक्राउ परेका व्यक्तिमाथि थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कलंकी बाफल क्षेत्र, कलंकी बस काउण्टर तथा पेट्रोल पम्प क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको छ । 

त्यस्तै, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पनि केहीलाई पक्रउा गरिएको प्रहरीले जनाएको छ । परिसरले ठमेल, स्वयुम्भु, बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा अन्य केही व्यक्तिलाइ पक्रउा गरिएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार