काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई शनिबार बिहान बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार गम्भीर विषयमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको हो ।
उनीमाथि कलाकार परिवारकै सदस्यले बलात्कारको आरोप लगाएका थिए । अमेरिकामा रहेकी उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।