काठमाडौं। दीपक भट्टका व्यावसायिक साझेदार एवं शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ परेका छन्। सुलभ शुक्रबार पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छोरा हुन्।
सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि प्रहरीले धरपकड थालेको हो। बाबु शंकरलाई नियन्त्रमा लिएपछि छोरालाई खोज्ने क्रममा शुलभ भारत पुगेको बताइएको छ।प्रहरीले शुलभलाई ह्वाटएसपमा फोन गरेर नेपाल आउन आग्रह गरेपछि भैरहवा आएलगत्तै नियन्त्रणमा लिइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको कनेक्सनका आधारमा उनी पक्राउ परेका बुझिएको छ। बिचौलिया भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप सञ्चालन गर्दै आएको प्रहरीको आशंका छ।
यसअघि २०७६ चैत २५ मा पनि शंकर ग्रुपका उपाध्यक्ष सुलभ पक्राउ परेका थिए। उनलाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको थियो। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाले ६७ थान थर्मलगनसहित नक्सालबाट पक्राउ गरेको थियो।