काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखेकोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारप्रति असन्तुष्टि पोखेका छन् ।
ओलीलाई हिरासतबाट छुटाउन भन्दै ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेर यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । ओली वृद्ध, शारीरिक रुपमा अस्वस्थ भएको भन्दै यो तहको सकसमा पर्नु उचित नभएको उनको भनाइ थियो ।
ओली ७४ वर्षका छन् । रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै उनले उक्त गल्ती सच्याउन पनि प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन् । गौतमले भनेका छन्, ‘म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।’
केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने गौतमको दाबी छ ।