काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप दुर्घटनामा परेको हो ।
गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १४ जनालाई उद्धार गरी अस्पताल पु¥याइएको थियो, तीमध्ये २ जनाको मृत्यु भएको हो । बाँकी १२ जना घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।