काठमाडौँ । मुलुकभर रहेका सहकारी संघसंस्थामा नागरिकको बचत कुल सवा ११ खर्ब रुपैयाँ पाइएको छ । सञ्चालनमा रहेका करिब ३२ हजार सहकारी संघसंस्थामा गरेर ११ खर्ब २५ अर्ब रुपैयाँ बचत (निक्षेप) संकलन र ९ खर्ब २३ अर्ब ऋण लगानी भएको राष्ट्रिय सहकारी प्राधिकरणले बताएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको ‘सहकारी क्षेत्रको स्थिति पत्र’ ले हालसम्म सहकारी संस्थामा १ करोड ९ लाख नागरिक आबद्ध छन् । ९० हजार २ सय ६५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको देखिएको छ ।
ग्रामीण अर्थतन्त्रको बाहुल्य रहेको मुलुकमा जनताको आधारभूत जीवनस्तर माथि उठाउन सहकारी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय देखिन्छ,’ सहकारी क्षेत्रको स्थितिपत्रमा भनिएको छ ।