बुधवार, आश्विन १४ गते २०८३

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ ।

 जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो ।

बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए ।


यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर आइतबार नै छोडिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार