काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गर्दै छिन्। आजै काठमाडौं ओर्लिएकी सुमार ओली भेट्न बालकोट फुगेकी छिन्।
उनले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्। ओलीलाई भेट्न सुमार दिउँसो उनको निवास बालकोट पुगेकी हुन्।
उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्। अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएका छन्।