काठमाडौं। अफगानिस्ता तालिबानले कब्जामा लिएपछि युएइमा निर्वासित जिवन विताइरहेका पुव राष्ट्रपति असरफ घानिले आफुले देश छोड्नुको कारण सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति जारी गरी उनले जनतालाई छोडेर जान आफूले नचाहेको तर त्यसो गर्नुबाहेक अरू विकल्प नरहेको बताएका छन्। घानीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो उद्देश्य नहुँदा नहुँदैपनि ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय रहेको पनि बताएका छन्। तालिबान लडाकुहरू राजधानी काबुलतर्फ अघि बढिरहेको बेलामा अगस्ट १५ मा उनले अकस्मात् देश छोडेका थिए।
अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ घानीले अफगान जनतासँग माफी समेत गरेका छन्। अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर भागेको आरोपको भने उनले खण्डन गरेका छन्।
बीबीसीको सहयोगमा