काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गरिने भएको छ । सोमबार सम्पन्न सर्वदलीय बैठकले नियमावली नयाँ बनाउने निर्णय गरेको हो ।
संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो बैठकले उक्त नियमावलीलाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ । आजकै बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।