बुधवार, आश्विन १४ गते २०८३

सरकारलाई एमाले महासचिव पोखरेलको प्रश्न – ऋण लिँदा हिजो विरोध किन ? आज स्वीकार किन ?

मंगलवार , चैत्र २४, २०८२

काठमाडौ । सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै पोखरेलले वर्तमान सरकारको नियतमाथि प्रश्न गरे ।  महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरे ।

“हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्‍मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ– हिजो विरोध किन ? आज स्वीकार किन ?”

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार