बुधवार, आश्विन १४ गते २०८३

विदेशी राजदूतहरुसँग सामुहिक भेट गर्दै प्रधानमन्त्री शाह

बुधवार , चैत्र २५, २०८२

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार नेपालमा रहेका विभिन्न मुलुकका राजदूतहरुसँग सामुहिक भेट गर्ने भएका छन् । भेटको चाँजोपाँचजो परराष्ट्र मन्त्रालयले गरेको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने बताइएको छ । 

भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो ।

भेटवार्तामा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने बताइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार