बुधवार, आश्विन १४ गते २०८३

फेरी उकालो लाग्यो सुनको मूल्य

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।

 मंगलबार दुुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर दुुई लाख ९९ हजार पुुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको असर स्थानीय बजारमा पर्न गएको हो । अमेरिका, इजरायल र इरानबीच  दुुई साताका लागि युद्ध विराम भएसँगै कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमै सुन बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यस्तै चाँदीको मूल्य  समेत तोलामा २०५ रुपैयाँ बढेको छ । 

यस अघि  तिन लाख ३९ हजार रुपैयाँ पुगेको सुनको मूल्य घटेर दुुई लाख ७५ हजार रुपैयाँमा झरेको थियो । त्यसपछि फेरी बढेर तीन लाख नजिक पुुगेको हो । यस्तै चाँदीको मूल्य बढेर पाँच हजार नाघेको छ । 

मंगलबार प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुुधबार ५ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार