बुधवार, आश्विन १४ गते २०८३

स्वीस बैंकमा राखेको पैसाबारे अनुसन्धानमा सहयोग गर्न राजदूतावासलाई गृहमन्त्रीको आग्रह

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैधरूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई आग्रह गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनिएल मैवलीसँगको भेटमा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।

नेपाली उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार र अवैधरुपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेरनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न उनको आग्रह छ।

रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन पनि गृहमन्त्री गुरुङले अनुरोध गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार