आइतवार, श्रावण २४ गते २०८३

त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा

बिहिवार , चैत्र २६, २०८२


काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले साताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।

सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार