बुधवार, आश्विन १४ गते २०८३

योगेश भट्टराईको कविता, बादल मडारियो, हामी हेरेको हे¥यै

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिले निम्त्याएको आन्तरिक विवाद अझै साम्य भएको छैन । 

सोही अभिव्यक्तिलाई लक्षित गर्दै पार्टीका उपमहासचिव योगेश भट्टराईले विहिबार व्यंग्यात्मक शैलीमा कविता लेखेका छन् । जुन कविता अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ ।

कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर उनले ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।

कवितामा उनले लेखेका छन्, 
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुकै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउंझिएको त कोठामा घाम छिरिसकेको रहेछ)

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता समेत चुनिएका बादलले प्रतिनिधि सभाको १९ चैतको बैठकमा सम्बोधन गरेको विषय विवादित भएको थियो ।

उनले निर्वाचन परिणामलाई लिएर सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायलाई पनि दोषारोपण गरेका थिए । साथै ऐतिहासिक जितका लागि रास्वपालाई बधाई दिएका थिए ।

लगत्तै उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएको भनेर फेसबुकमा लेखेका थिए । भोलिपल्ट बसेको सचिवालय बैठकमा बादलको आलोचना समेत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार