काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया गरिने भएको छ । ओली अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत छन् ।
चिकित्शकका अनुसार शल्यक्रिया सोमबार वा मंगलबार गरिने भएको छ । चिकित्सकहरू हाल शल्यक्रियाको तयारी र समयबारे छलफलमा छन् । अस्पतालकाअनुसार, यदि उनका पिसाब संक्रमण निको भए सोमबार नै शल्यक्रिया सम्भव छ ।
ओलीलाई पित्तथैलीमा समस्या देखिएको थियो। प्रहरी नियन्त्रणमा राख्दा स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। बिहीबार प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छोडिसकेको छ।