सोमवार, श्रावण २५ गते २०८३

राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गदै

शुक्रवार , चैत्र २७, २०८२


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन ।

नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ। प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको पहिलो पटक हो । 

संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ । 

सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकको दिन २ ४५ बजेभित्र उपस्थित भइसक्न सदस्यहरूलाई सूचितसमेत गरिसकेको छ । 

  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार