आइतवार, श्रावण २४ गते २०८३

अस्पतालहरुले आईतबार पनि ओपिडि सेवा दिनुपर्ने

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ ।

सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने छ ।

प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार