२७ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ ।
काउन्सिलका निमित्त रजिष्ट्रारले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने पैसा पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि तीन साताको अल्टिमेटम दिइएको जानकारी दिए ।