काठमाडौं । रहस्य, बदला र अपराधको कथामा आधारित फिल्म ‘राम नाम सत्य’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।
फिल्ममा विराज शीर्ष भूमिकामा छन् । साथै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको पनि अभिनय छ । फिल्मले सोचे भन्दा राम्रो शोज पाएको छ ।
माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको यो एक्सन–ड्रामा फिल्मको कथावस्तु समसामयिक परिवेशसँग जोडिएको छ ।