आइतवार, श्रावण २४ गते २०८३

‘अस्तित्वको म’

शुक्रवार , भाद्र २५, २०७८

समयको अनन्त प्रवाह
अनि सोचाइको शहनतामा डुब्दा
मौनताको आवाजलाई पहिल्याउँदा
अनि अन्धकार भित्रको प्रकाशमा डुब्न खोज्दा
जीवन अनि अस्तित्वको प्रश्नले
मनलाई सताइरहन्छ
प्रश्न अनि उत्तरको अन्तर्मन
अन्तर्वार्ता चलिरहन्छ

अनि एक्कासी प्रश्न आउँछ ‘म’ को हुँ ?
झ्याप्प मनको एक कुना बोलिदिन्छ “म श्रुति हुँ”
प्रश्न वास्तवमा सोचेजस्तो सजिलो थिएन
सोचेजस्तो सिधापनि थिएन
उत्तर सुन्ने वित्तिकै एकछिन ठिक लाग्छ अनि गलत पनि
जति शहनतामा प्रश्न थियो उत्तर उति नै सरल
वास्तवमा “श्रुति” त मेरो नाम मात्र हो

के अस्तित्व नाम मात्र हो ?
के नाम नै अस्तित्व हो ?
अवश्व होइन
यस्तै प्रश्नहरुको भुमरीमा डुब्दा
सोचाइलाई परिधिबाट केन्द्रमा डोर्‍याउँदा
मन साँच्ची नै अलमलिन्छ
बुद्धि विवेक लड्बडिन्छ
वास्तवमा अस्तित्वको प्रश्नले आँफैमाथि
प्रश्नचिन्ह थपिदिन्छ
जीवनको औचित्यलाई अँध्यारोमा धकेलिदिन्छ ।
अनि लाग्छ
जीवन अस्तित्वको म मा लुकेको रहस्य हो एउटा !!!

काफ्ले (क) बाट कविताकी स्रष्टा हुन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार