सोमवार, श्रावण २५ गते २०८३

परराष्ट्रमन्त्री खनालसँग तीन देशका विदेशमन्त्रीको भेटवार्ता,द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता

शनिवार , चैत्र २८, २०८२

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करसँग भएको भेटमा बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा हुनका साथै आपसी हितका विविध विषयमा  छलफल भएको थियो ।

परराष्ट्रमन्त्रीद्वयले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यसैगरी, मन्त्री खनालसँग भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डी.एन. धुङ्गेलसँग पनि भेटवार्ता गरे  । त्यस अवसरमा नेपाल–भुटानबिचको घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका प्रमुख क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बारेमा छलफल भएको थियो ।

मन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री खलिलुर रहमानसँग पनि भेटवार्ता भएको छ । भेटमा दुई देशबिचको सौहार्दपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै उनीले सहयोगका विविध क्षेत्र विस्तार गरी पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विमर्श गरेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार