शुक्रवार, आश्विन १६ गते २०८३

सडक किरानालाई फूलले सजाउँदै काठमाडौँ महानगर

शनिवार , चैत्र २८, २०८२

काठमाडौँ । काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ुमेरो रहर, सुन्दर र हरित सहरु कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो । 

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् ।

यो फूल पहेलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरु सिमेन्टका राखिएका छन् । 

किनाराका स्थायी ठुला सिमेन्टका गमलामा विरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।

यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार