शनिवार, कार्तिक ८ गते २०८३

एमसिसी उपाध्यक्ष फातिमालाई प्रचण्डको यस्तो सुुझाव

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। नेपालमा एमसीसीसम्वन्धि रहेको विवाद समाधानका लाग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फातिमा सुमारले नेताहरुसंगको भेटघाटलाई जारी राखेकी छिन्। भ्रमणको दोस्रो दिन सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।

सुमारसँग भएको छलफलमा  प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए। यसअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्।

सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसिसीबारे छलफल भएको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार