तनहुँ । सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
यसअघि शनिबार मात्र पर्यटकको चाप हुने बन्दीपुरमा दुई दिनको बिदाका कारण आइतबार पनि पर्यटकको उत्तिकै चहलपहल देखिन थालेको छ ।
दुई दिनको बिदाले पर्यटन क्षेत्रमा २० देखि ३० प्रतिशतसम्म पर्यटकको वृद्धि भएपछि यहाँका व्यवसायीहरू उत्साहित भएका छन्।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बिदाको सदुपयोग गर्दै धेरै पर्यटक बन्दीपुर आउन थालेजानकारी दिए । उनका अनुसार पहिले केवल शनिबारको मात्र चाप हुन्थ्यो, तर अब दुई दिनको बिदाले गर्दा पर्यटकहरू बन्दीपुरमा एक रात बढी बसेर गाउँका होमस्टे र बजार क्षेत्रको आनन्द लिन पाएका छन् ।
पर्यटकको आगमन बढ्दै गएपछि स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । सरकाले इन्धन खपत कम गर्न शनिवारसँगै आइतबार समेत सार्वजनिक विदा दिएको छ ।