मुम्बई । कार्डियक अरेस्टबाट पिडित भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको हो । अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका छन् ।
उनलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् ।