शुक्रवार, आश्विन १६ गते २०८३

दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणकाली नगरपालिका केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो ।

कारका चालक काठमाडौं महानगरपालिका(७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार