आइतवार, श्रावण २४ गते २०८३

कृषि उपजमा विषादी परीक्षणलाई कडाइ गर्न मन्त्री चौधरीको निर्देशन

सोमवार , चैत्र ३०, २०८२

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपालमा आयात हुने खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्री चौधरीको निर्देशनमा आज सम्बन्धित निकायमा गुणस्तर सुनिश्चित गर्न सातै प्रदेशका सीमा नाकामा विषादी, फर्मालिन तथा स्वच्छता (स्यानिटेसन) कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको हो ।
कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई आम नागरिकको स्वच्छ अधिकार सुनिश्चित गर्न र कृषि उत्पादनलाई प्राथमिकता दिन सो निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार