काठमाडौं। शुक्रबार सुरुभएको संसद बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले बैठक शुरु हुनासाथ अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन्।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । २३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले आफुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।