शनिवार, कार्तिक ८ गते २०८३

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड, यस्तो छ कारण

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन्। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखका कार्यकक्षको ढोकामा तोडफोड गरिएको छ। वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि जनाउँदै तीन जना अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए।

वडाध्यक्ष डंगोलले दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि सहेर बसेको तर दुई महिनाअघि आफ्नो माग अनुसार एक जना इन्जिनियर पठाएकोमा आफुसंग सल्लाह नै नगरी एकाएक अन्यत्रै सरुवा गराएपछि त्यसबारे बुझ्न जाँदा कोही पनि जिम्मेवार ढंगले प्रस्तुत नभएकाले घटना भएको बताए। उनले राम्रो काम नगर्ने इन्जिनियर नभएर विकास निर्माणको काम राम्रोसँग गर्न नपाएको गुनासो समेत गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार