शनिवार, कार्तिक ८ गते २०८३

पत्रकार सम्मेलनमै न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई पत्रकारले सेक्ससम्वन्धि प्रश्न सोधेपछि

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं। छोटो समयमै आफ्नो देशमा कोरोना महामारी नियन्त्रण गरेकी न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डाको संसारभर प्रशंसा भैरहेको छ। 
कोरोनाका कारण संसारभर आतंक मच्चिएको वेला न्युजिल्यान्डमा भने समयमै नियन्त्रण गर्न सफल हुँदा मानविय क्षति हुन पाएन।

त्यहिकारण न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्न र उनको प्रशासनको व्यापक चर्चा भएको छ। उनै जसिन्डालाई एउटा पत्रकार सम्मेलनमा अप्ठेरो परिस्थिती आइलाग्यो। हालै प्रधानमन्त्री जसिन्डाले आफैले कोरोना कालको विषयमा जानकारी दिन एउटा पत्रकार सम्मेलनको आयोजना गरिन्।

जहाँ एकजना पक्रकारले सोधेको एउटा प्रश्नले उनको अनुहारको भाव नै फेरिदियो। सोही भिडियो क्लिप अहिले सामाजिक संजालमा भाइरल भएको छ। खासमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्न र डायरेक्टर जनरल अफ हेल्थ डा. एश्ले ब्लूमफिल्ड कोभिड–१९ को विषयमा पत्रकार सम्मलेनमा जानकारी दिइरहेका थिए। यतिबेला उनलाई एक पत्रकारले एउटा सेक्स घटनाको बारेमा प्रश्न सोधेका थिए।

उनको प्रश्न थियो, ‘अकल्याण्ड अस्पतालमा एक बिरामी र उनलाई भेट्न आएका व्यक्तिले यौन सम्बन्ध स्थापित गरेको आरोप छ। हालको स्थितिमा के यसलाई उच्च जोखिमयुक्त क्रियाकलाप मान्न सकिन्छ ?’ यस्तो प्रश्नले उनको अनुहारको भावनै फरियो तर प्रधानमन्त्री जसिन्डाले त्यसको जवाफ भने दिएकी छन्। उनले भनेकी छन्, यो कोभिड महामारीको समयमा र त्यो पनि अस्पतालमा नहनुपर्ने घटना भन्दै यो एकदमै जोखिमपुर्ण रहेको बताइन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार