बुधवार, आश्विन १४ गते २०८३

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं ।थाइल्याण्डस्थित नेपाली दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको छ । राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । 

प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको हो ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ । ‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

एक तथ्याङ्कअनुसार पछिल्लो समय सन २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएका छन् । यस्तै सन २०२२ मा १९७७, सन २०२३ मा २९४०, सन २०२४ मा ६४०४ र सन २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार