आइतवार, श्रावण २४ गते २०८३

फेरी बढ्यो हवाई भाडा, धनगढी जान साढे २३ हजारसम्म तिर्नुपर्ने

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । इन्धनको मूल्य निरन्तर बढेका कारण पछिल्लो १५ दिनमै हवाई भाडा तीन पटक बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि इन्धनबापतको शुल्क थप गरेर हवाई भाडा बढाएका हुन् ।

वायुसेवा कम्पनीहरूले लिने आधारभूत हवाई भाडा २०७३ देखि नबढेको भनिए पनि इन्धनबापतको शुल्क टिकटमै जोडिएर आउने भएकाले हवाई यात्रा महँगो भएको हो ।

चैत १७ मा आयल निगमले प्रतिलिटर १२४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य बढाएर २५१ रुपैयाँ पुर्‍याएपछि हवाई भाडा बढेको थियो । त्यसपछि चैत २७ मा पुनः मूल्य बढेर २५७ रुपैयाँ पुग्यो । इन्धनको मूल्य बिहीबारदेखि फेरि बढेको छ ।

आयल निगमले बिहीबार बिहानदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएर २६२ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ।

यो मूल्य वृद्धिसँगै आन्तरिक वायुसेवाले इन्धनबापतको लागत बिहीबारदेखि नै लागू हुने गरी बढाएका छन्। जसका कारण अब काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरा जान ३ हजार ४४० रुपैयाँदेखि ५ हजार १९५ रुपैयाँसम्म खर्च हुने भएको छ।

आन्तरिक उडानमा सहरी क्षेत्रका विमानस्थलमध्ये सबैभन्दा टाढाको गन्तव्य काठमाडौंबाट धनगढी जान न्यूनतम १४ हजार ९ सय ४४ र अधिकतम २३ हजार ५ सय ४६ रुपैयाँ खर्च हुने गरी आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडाको नयाँ दर तय गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार