धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापाको शव फेला परेको छ ।
प्रहरीका अनुसार स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।