बुधवार, आश्विन १४ गते २०८३

१२ सय मेगावटको बुढी गण्डकी आयोजनाबारे सभामुखको छलफल

शुक्रवार , बैशाख ४, २०८३

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालको सहभागितामा बुढी गण्डकी जलविद्युत आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच छलफल भएको छ ।    
                                                                   
छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुदन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तमाङ, शोभा खनाल र एन्जिला गुरुङको सहभागीता थियो ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल तथा नेपाल विद्युत प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य को पनि उपस्थिति रहेको थियो ।

बैठकमा बुढी गण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए ।

छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताए ।

“आयोजना सम्पन्न नगर्नुको विकल्प छैन । कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ, अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन,” उनले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार