काठमाडौं । जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी २१ दिनपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएको उनको सचिवालयले जनाएको छ ।
उनलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।