शुक्रवार, आश्विन १६ गते २०८३

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

आइतवार , बैशाख ६, २०८३

ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।

वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो ।

गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याईपूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।


रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार