आइतवार, श्रावण २४ गते २०८३

विश्वको ठूलो अर्थतन्त्रमा छैंटौ स्थानमा झर्यो भारत, अन्य मुलुकको अबस्था कस्तो?

आइतवार , बैशाख ६, २०८३

काठमाण्डौं। भारत विश्वको ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको छ । अघिल्लो वर्ष चौथो स्थानमा पुगेको भारत यस पटक दुई स्थान पछाडि गएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिकी डलरमा गणना गरिने कूल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा भारतको स्तर खस्केको जनाएको छ ।

पछिल्लो वरियतामा अमेरिका, चीन, जर्मनी,जापान र बेलायत भारतभन्दा अगाडिको अर्थतन्त्र रहेको मुलुक बनेका छन् । यसअघि भारत सन् २०२२ को सेप्टेम्बरमा बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो ।

गत वर्ष मेमा जापानलाई उछिनेर भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बने पनि अहिले तेस्रो स्थानमा आउने आशामाथि तुषारापात छर्दै छैटौं बनेको छ ।      

आईएमएफले सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकाको ३१० खर्ब डलर, दोस्रो रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी रहेको जनाएको छ । जर्मनी ५० खर्ब, जापान ४४ खर्ब र बेलायत ४३ खर्ब अमेरिकी डलरसहित पाँचौँ स्थानमा उक्लिँदा भारत पछाडि झरको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार