शुक्रवार, आश्विन १६ गते २०८३

इन्धनको मूल्य बढ्दा निर्माण क्षेत्र प्रभावित, ७० प्रतिशत लागत बढ्यो

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको इन्धनको मूल्य वृद्धिको प्रत्यक्ष असर नेपालको निर्माण क्षेत्रमा परेको छ ।

भौतिक पूर्वाधार निर्माण कार्यमा डिजेल, मट्टितेल र बिटुमिनको अत्यधिक खपत हुन्छ । अमेरिका–इजरायल र इरान द्वन्द्वका कारण उत्पादन स्थलमा आक्रमण, आक्रमणपश्चात् उत्पादनमा गिरावट, उपलब्ध इन्धन र पेट्रोकेमिकलको मूल्य वृद्धि, शिपमेन्टको ढुवानी भाडा वृद्धि र सामुद्रिक बीमा शुल्कमा भएको वृद्धिको चौतर्फी मार नेपालको निर्माण क्षेत्रमा परेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेका अनुसार भौतिक पूर्वाधारको क्षेत्रमा समग्र रूपमा ४० प्रतिशतसम्म र सडक निर्माणको क्षेत्रमा ७० प्रतिशतसम्म लागत खर्च बढेको छ ।

लागत खर्च वृद्धि र निर्माण गर्न आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको उपलब्धता नहुँदा निर्माण क्षेत्र नै गम्भीर संकटमा परेको पाण्डेले बताए ।

‘अन्तर्राष्ट्रिय भू राजनीतिको कारण डिजेल र बिटुमिन (अलकत्रा) को मूल्य अकासिँदा निर्माण आयोजनाहरूको लागत ४० देखि ७० प्रतिशतसम्म वृद्धि भएको छ,’ पाण्डेले भने, ‘मूल्य वृद्धि र निर्माण सामग्रीको उपलब्धता नहुँदा अहिले काम गर्ने स्थिति छैन, व्यवसायीहरूले कुन मूल्यमा काम गर्ने भन्ने निश्चित छैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार