शुक्रवार, आश्विन १६ गते २०८३

शोभा भगवती पुल नजिकै चार थान पेस्तोल र ५८ राउण्ड गोली, जेन जी प्रदर्शनमा फालिएको शंका

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ । काठमाडौं महानगरपालिका–१५, शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा पेस्तोल र गोली फेला परेको हो ।

पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ । बरामद पेस्तोल टाइप–५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


पेस्तोल रहेको सूचनापछि प्रहरी वृत्त स्वयम्भुको टोलीले पेस्तोल र गोली संकलन गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार