काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भुकम्प ७.५ म्याग्निच्युड मापन गरिएको छ । भूकम्प लगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा १० किलोमिटर गहिराइमा रहेको थियो।