शुक्रवार, आश्विन १६ गते २०८३

तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना

मंगलवार , बैशाख ८, २०८३


काठमाडौं । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।


देशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन(चट्याङसहित मध्यमसम्मको वर्षा(हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।

साथै मधेसलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

महाशाखाका अनुसार आज राति हिमाली भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा(हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार